गुड नेवर्स इन्टरनेशनल नेपालले सन् २०२० मार्चदेखि बालबालिका र उनीहरूका परिवारका आवश्यकतालाई सम्बोधन गर्दै आइरहेको छ । हामी खाद्य असुरक्षा भोगिरहेका घरधुरीहरुसम्म खाद्यान्न र जीविकोपार्जन सहयोगका, ग्रामीण बालबालिकासम्म रेडियो शिक्षा कार्यक्रम, केन्द्र र स्थानीय सरकारहरूसम्म चिकित्सा उपकरण, गैर खाद्य सामग्री र नगद सहयोग र रेडियो सन्देश र कार्यक्रमहरू लिएर पुग्यौं ।
यस शोधमा आएका निष्कर्षहरूको आधारमा हामी अझ धेरै बालबालिकाहरू, उनीहरूका परिवार र समुदायलाई स्वास्थ्य, सरसफाइ र स्वच्छता सहयोग तथा सेवाहरू, जनचेतानामूलक क्रियाकलापहरू, र मानसिक स्वास्थ्य कार्यक्रमहरूको साथ पुग्नेछौं । हाम्रो सबै प्रतिकार्य यसै शोधमा आधारित हुनेछन् र यो महामारीको अन्त्य नभएसम्म जारी रहनेछन् ।